डेंगी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाद्वारा लाम्खुट्टेको लार्भा नष्ट अभियान सुरू


काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगी रोगको महामारी नियन्त्रण तथा रोकथामका लागि लाम्खुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरू गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ११ ले एक कार्यक्रमकाबीच उक्त अभियान सुरू गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारको अगुवाईमा अक्त अभियान सुरू गरिएको हो । डेंगीको महामारी फैलन नदिन लाम्खुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरू गरिएको वडा सदस्य सरोज कुमार मुल्मीले स्वास्थ्य लाइभलाई जानकारी दिए । पछिल्लो समय डेंगीको प्रकोप बढ्न थालेपछि उक्त अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय समाजसेवी र सर्वसाधारणलाई सहभागी गराएर काठमाडौं महानगरपालिका वडा नम्बर ११ ले डेंगी रोगको महामारी नियन्त्रण तथा रोकथामका लागि लाम्खुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरू गरेको हो ।

आजदेखि सुरू भएको उक्त अभियानमा वडाध्यक्ष तण्डुकार, वडा सदस्य मुल्मी, आशा श्रेष्ठलगायतको सहभागिता रहेको थियो । डेंगी रोगको महामारी नियन्त्रण तथा रोकथामका लागि लाम्खुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान उक्त अभियान निरन्तर चल्ने छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ