कामपा-१० ले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गर्यो
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १० ले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । वडाले डेंगी रोगको महामारी नियन्त्रण तथा रोगथामका लागि लाम्खुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान सुरू गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सतिश तण्डुकारले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु भइसकेको जनाए । ‘घर आगन सफा राखौं । आफू बचौ, अरुलाई पनि बचाऔं ।’, भन्ने नाराका साथ वडा नम्बर १० परिवारले उक्त अभियान सुरु गरेको उनको भनाइ छ ।
वडा कार्यालयले स्वास्थ्य स्वयंसेविका र स्थानीय समाजसेवी परिचालन गरेर लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर ११ ले यो अभियान १ हप्ता अगाडि नै सुरु गरिसकेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस