फ्रन्टलाइन र पाथिभरा हस्पिटलबीच सहकार्यको समझदारी
काठमाडौं । काठमाडौंको फ्रन्टलाइन र झापाको ओम साई पाथिभरा हस्पिटल प्रालिबीच सहकार्यको समझदारी भएको छ । फ्रन्टलाइन अस्पतालका सञ्चालक अध्यक्ष नवराज पाण्डे र ओम साई पाथिभरा हस्पिटलका सञ्चालकबीच सहकार्यको समझदारी भएको हो ।
फ्रन्टलाईन हस्पिटल प्रालि बत्तिसपुतली, काठमाडौं र ओम साई पाथिभरा हस्पिटलबीच हेमोडायलसिस सेवा संचालन गर्ने तथा स्वास्थ सेवालाई प्रभावकारी बनाउँदै विपन्न वर्गले समेत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गर्न सकुन भन्ने विषयमा एक आपसमा छलफल गरि समझदारी एवं सम्झौता गरिएको हो । उक्त समझदारीलाई स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मद्दत गर्ने दुबै पक्षको बुझाइ छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस