कयाैं दिनदेखि राजधानी भर सिटी स्क्यान सेवा ठप्प, बिरामीको बिचल्ली
काठमाडौं । राजधानीमा कयौं दिनदेखि सिटीक्यान सेवा ठप्प भएकाे छ । वीर, अस्पताल, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवाराेग अस्पताल सबै ठाउमा सेवा कयौं दिनदेखि ठप्प छ ।
बिहान ८ बजे देखि सेवा सुरु भयाे भनेर गफ दिने मन्त्रीले चाहिने सेवामा पटक्कै ध्यान दिएको छैन । फन्टुस गफ र बैंकर सल्लाहकार राखेर स्वास्थ्य सेवा हाक्न खाेज्दा जनताले आत्यावश्यक सेवा पाउन सकेका छैनन् । दिनहुँ सिटी स्क्यान सेवाका लागि अस्पताल धाइरहेकी विद्या पुडासैनीले अचाक्ली दु:ख पाएकाे स्वास्थ्य लाइभलाई सुनाइन् ।
नुवाकोट जिल्ला बेलकोटगडी ८ जिलिङ घर भएकी विद्या बिगत १५ दिनदेखि सिटि स्क्यान सेवाकाे खोजीमा छिन् । उनले राजधानीका सबै ठूला अस्पताल चाहारी सकेकी छन् । आर्थिक अवस्था कमजोर भएकाले निजी स्वास्थ्य सस्थामा जान सक्ने अवस्था उनमा छैन ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस