स्वास्थ्य लाइभ प्रभाव

पूर्वमन्त्री भद्र घलेले सरकारी जग्गा हडपेर बनाएको अनधिकृत संरचनामा महानगरको डोजर


काठमाडौं । बानेश्वर देवीनगरस्थित पूर्वमन्त्री भद्रकुमारी घलेले सरकारी जग्गा हडपेर बनाएको अनधिकृत संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । अहिले भद्र घलेले बनाएको अनधिकृत संरचनामा महानगरपालिकाको डोजर चलिरहेको हो ।

स्वास्थ्य लाइभले स्वास्थ्य सदनसहित भद्र घलेले सरकारी जग्गामा अनधिकृत संरचना बनाएको खुलासा गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चासो देखाएका थिए । उक्त विषयमा अख्तियारले पनि महानगरलाई पटकपटक ताकेता गरेको थियो । घलेको नाममा खुलेको सदनले मासिक पाँच लाख बढी भाडा उठाएर खाँदै आएको छ ।  स्वास्थ्य लाइभको खुलासापछि ती संरचनामा आज डोजर चलेको हो ।

भद्र घलेले ५ रोपनी बढी सरकारी जग्गा हडपेर अनधिकृत संरचना बनाएको पाइन्छ । ती सबै अनधिकृत संरचना महानगरले डोजर लगाएर भत्काउने भएको हो । भद्र घलेको अनधिकृत संरचना भत्काउन काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सतिश तण्डुकार, नरोज अर्याललगायत फिल्डमा खटिएका छन् । अहिले २ वटा डोजर लगाएर अनधिकृत संरचना भत्काउने काम भइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ