अवैध चाइनिज पिपुल्स हस्पिटलमा स्वास्थ्य लाइभको टोली पुग्दा डाक्टरहरू भागाभाग


काठमाडौं । अवैध चाइनिज हस्पिटलमा स्वास्थ्य लाइभ र प्राइम टाइम टेलिभिजनको संयुक्त टोली पुग्दा स्वास्थ्यकर्मीहरूको भागाभाग भएको छ ।

काठमाडौं महानगरपालिकाले अवैध रुपमा सञ्चालन भएको भनेर सिल गरेको बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलमा नियमित सञ्चालन भएको सूचना पाएपछि हाम्रो टोली बिहान साढे ८ बजे पुगेको थियो । स्वास्थ्य लाइभ र प्राइम टाइमको टोली पुगेपछि बिरामी जाँचिरहेका अवैध डाक्टरहरू भागभाग गरेका हुन् ।

हाम्रो टोली पुग्दा महानगरले अवैध भन्दै बन्द गरेको उक्त अस्पताल निर्वाध रुपमा चलिरहेको थियो । बिहान ७ बजेदेखि ९ बजेसम्म उक्त हस्पिटलले बिरामी हेर्ने गरेको सूचना पाएपछि हामी हस्पिटलमा पुगेका थियौं । हामीलाई देख्नासाथ बिरामी हेरिरहेका डाक्टरहरू हस्याङफस्याङ गर्दै ठाउँ छाडेर भागेका हुन् ।

स्वास्थ्य लाइभ र प्राइम टाइम टेलिभिजनको खबर अन्बेषणको टिमले संयुक्त रुपमा गरेको अपरेशनमा चाइनिज पिपुल्स हस्पिटलमा अवैध धन्दा चलिरहेको पाइएको छ ।

हाम्रो सूचनापछि काठमाडौं महमहानगरपालिकाको नगर प्रहरी गएर फेरि उक्त हस्पिटल सील गरेको छ । बिहान त्यो ठाउँमा बिरामी हेरेर दिउँसो ठमेल पुर्‍याउने गरेको सूचना पाएपछि हामी संयुक्त रुपमा हस्पिटलमा पुगेका थियौं ।

उक्त ठाउँमा पुग्दा अवैध डाक्टरले बिरामी  हेरिरहेको फेला पर्‍यो । त्यसलगत्तै महानगरपालिकाको स्वास्थ्य विभागलाई खबर गरेपछि महानगर प्रहरी चाइनिज पिपुल्स हस्पिटल पुगेर सील गरेको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ