ग्लोबल फन्डको दोस्रो पत्र : लोकतान्त्रिक प्रक्रिया पुगेन पीआर आफै छान्छौ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको केटाकेटी पाराले ग्लोबल फन्ड पुन फुत्किने खतरा बढेर गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० असारमा निर्णय गर्दै सरकार पीआर बन्ने निर्णयको फायल ग्लोबल फन्डलाई पठाएको थियो । त्यसको लगत्तै ग्लोबल फन्डले केही विषयमा प्रश्न उठाउँदै पीआरका लागि पठाएको निर्णयमा गम्भिर प्रश्न अगाडि देखाएको थियो । तर, त्यसलाई सुधार गर्न नसक्दा पुन मंगलबार अर्को प्रश्न उठाएको छ ।
ग्लोबल फन्डले स्वास्थ्य लाइभलाई दिएको सूचना अनुसार सरकार लोकतान्त्रिक मूल्य र मान्यता भन्दा बाहिर गएपछि पीआर दिन नसकिने भएको छ । त्यहाँका एक कर्मचारीले स्वास्थ्य लाइभलाई पठाएको इमेल अनुसार पीआर स्वीकृत गर्नका लागि नेपालले जुन लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढ्नु पर्ने थियो त्यो गरेको छैन । सरकारले पीआरका लागि प्रक्रिया नै नपुर्याए पछि नेपाल सरकारलाई दिने भनिएको पीआर अरुले लैजाने जोखिम बढेको छ ।
स्वास्थ्य लाइभलाई यस अगाडि सरकारले पीआर बन्न केके प्रक्रिया जरुरी छ भन्ने विषयमा ग्लोबल फन्डले सविस्तार बताएको थियो । हामीले उक्त विषय स्वास्थ्य लाइभ मार्फत नै सम्बन्धित निकायमा जानकारी गराएका थियौं । तर, आवश्यक प्रक्रिया पुरा गर्ने तर्फ नलाग्दा सरकारलाई दोस्रो पत्र पठाउँन ग्लोबल फन्ड तयार भएको हो ।
ग्लोबल फन्डको रकममा पीआर छान्ने प्रक्रिया, सरकारको क्षमताको विकास नभएको, ग्लोबल फन्डको रकममा उठेको भ्याटको विषय, पीआर मापदण्ड केही नमिलेको भन्दै सरकारले अगाडि बढाएको पीआर प्रोसेस नै रोकिदिएको छ । हाम्रो जवाफमा त्यहाँका एक अधिकारीले भने, अब सरकारले पीआरका लागि नयाँ प्रक्रियाबाट अगाडि बढ्नु पर्ने छ । आगामी अगस्टमा नभ्याउने भएकाले पीआर ग्लोबल फन्ड आफैले छान्ने त्यहाँका अधिकारीहरूले बताए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस