जीवन रक्षा औषधीकाे मागमा सम्बाेधन नभए चरणबद्ध आन्दाेलन गर्ने


काठमाडौं । हेपाटाईटिसको उपचार साथै जिवन रक्षा औषधीको पहुँचमा सराेकार राख्ने निकायले विभिन्न माग राखेका छन् । स्वास्थ्य मन्त्री माेहन बहादुर बस्नेतले विभिन्न स्थानमा औषधी र उपचारमा कायापलट ल्याएको अभिव्यक्ति दिदै गर्दा गम्भीर विषयमा उनकाे ध्यान नपुगेपछि सम्बन्धित सराेकारवाला निकायले विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएका छन् ।

रिकभरिङ् नेपालकाे आयाेजनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा करिब १०० युवायुवतीले जीवन रक्षा औषधिकाे माग सम्बाेधन नभए देशव्यापी आन्दोलन गर्ने जनाएका हुन् । हेपाटाइटिस सी औषधी उपचारबाट पुर्ण रुपमा निकाे पार्न सकिने राेग हाे । तर, नेपालमा औषधी र उपचारको अभावमा धेरै नेपालीले ज्यान गुमाइरहेका छन् ।

भाइरल हेपाटाइटिस बि र सि बाट हरेक वर्ष विश्वमा ११ लाख नागरिकको मृत्यु हुने गरेकाे छ । यसलाई एचआइभी र क्षयरोगबाट हुने मृत्युसँग तुलना गर्न सकिने रिकभरिङ नेपालका सिइओ बिष्णु शर्माले बताए । नेपाल हेपाटाइटिस बी र सी काे न्यून संक्रमणदर भएको मुलुकमा पर्छ ।

विशेषगरि युवा सङ्क्रमित, सुईबाट लागू औषध प्रयोगकर्ताहरू र यौनकर्मीहरूमा यसको संक्रमण दर उच्च रहेको छ । विश्व स्वास्थ्य संगठन अनुसार, नेपालमा सुई द्वारा लागू औषध प्रयोगकर्ताहरुमा हेपाटाइटिस सी को संक्रमण दर २७.४८ प्रतिशत अन्य जोखिम समूह भन्दाउच्च रहेको देखाएको छ ।

हेपाटाइटिस सम्बन्धी नेपाल सरकारले जारी गरेको पहिलो राष्ट्रिय रणनीतिक दस्तावेजले भाइरल हेपाटाइटिस बी र सी राष्ट्रिय रणनीति २०२३ २०३०” ले नेपालमा भाइरल हेपाटाइटिस जनस्वास्थ्य समस्याको निवारणका लागि प्रतिबद्धता जनाएको छ। सरकारकै रणनीतिले सन २०३० सम्म भाइरल हेपाटाइटिसको समस्या निदान गर्न, प्रभावकारी रोकथाम गरि संक्रमण दर ९०% ले घटाउने र उपचारको पहुच बढाई संकमित व्यक्तिको मृत्यु दर ६५% ले घटाउने लक्ष्य लिएकाे छ ।

यस भाइरल हेपाटाइटिस राष्ट्रिय रणनीति २०२३-२०३० को निर्माण संघीय र प्रादेशिक सरकार, विकास साझेदार, नागरिक समाजका सङ्घसंस्था र समुदायका प्रतिनिधि लगायत सबै सरोकारवा बीचको सहकार्य मूलक प्रयासमा नेपाल सरकारले २०३० सम्ममा भाइरल हेपाटाइटिसलाई जनस्वास्थ्यको समस्याको रुपबाट अन्त्य गर्नका लागि ६९ औं विश्व स्वास्थ्य सम्मेलनले अनुमोदन गरेको संकल्प प्रस्ताम ६९ दशमलब २२ प्रति प्रतिवद्धता जनाएको छ ।

दिगो विकास लक्ष्य ( Sustainable Development Goal 3.3) ले पनि सन् २०३० सम्ममा भाइरल हेपाटाइटिस निवारण गर्ने लक्ष्य राखे अनुरूप राष्ट्रिय एड्स तथा यौनरोग साथै हेपाटाइटिस नियन्त्रण केन्द्रले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१ – २०२६ अनुसार एचआईभी, भाइरल हेपाटाइटिस बी र सी को सहसङ्क्रमण जाँच तथा उपचारलाई मुख्य कार्यक्रमको रूपमा सुरु गरेको सहसङ्क्रमण नभएकाहरुलाई उपचारको प्रथमिकतामा नराखेको तर उपचार तथा औषधीको अभावमा धेरै व्यक्तिहरुले ज्यान समेत गुमाईरहेका छन् ।

उपचार पाउनु कुनै पनि नागरिकको मौलिक स्वास्थ्य अधिकार हो । हेपाटाइटिसको उपचार सम्भव छ । एक पटकको उपचारले निको हुन्छ जिवनमरि लोधी खाईरहनु पर्दैन त्यसैले हेपाटाइटिस सी संक्रमणका कारण उपचारको पखाईमा रहेका लागू औषध प्रयोगकर्ताहरु र जोखिम समूहलाई उपचार तथा औषधी उपलब्ध गराई स्वस्थ्य जिवन जिउन, हेपाटाइटिको संक्रमण दर कम गर्न र नागरिकको जिवन रक्षा गर्न नेपाल सरकार समक्ष अविलम्बमाग गर्दछ विज्ञप्तिमा भनिएको छ ।

हेपाटाइटिसको उपचारको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउन नपरोस । नेपाल सरकारले पुर्‍याउने उपचार र औपाधीको सहयोगमा अन्य सहयोगको लागि यस महासंघ र सम्बन्धित संस्थाहरु सहकार्य गर्न तयार रहेको पनि जानकारी गराउन चाहन्छौ सिइओ शर्माले भने। उनिहरुले मागकाे संवोधन आगामी ६ महिना सम्म पुरा नभएमा देश व्यापि रुपमा विरोध कार्यक्रम संचालन गर्न बाध्य हुने बताए । मन्त्रीले समय नदिए पछि सचिव डा राेशन पाेखरेलले बुझेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ