प्रेेमसागर कर्मचार्यद्वारा १७५ पटक रक्तदान


बर्दिया । नेपालका चर्चित रक्तदाता प्रेमसागर कर्माचार्यले त १७५ पटक रक्तदान गरेका छन् । हरेक तीन – तीन महिनामा एक दिन पनि ढिला नगरी रक्तदान गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहेका कर्माचार्यले यसपटक बर्दियाको भुरी गाउँमा पुगेर रक्तदान गरे ।

बर्दियाको ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा नवौँ एवं बर्दिया जिल्ला स्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रमको आज उद्घाटन गर्दै उनले रक्तदान गरेका हुन् ।

नेपालकै सर्वाधिक रक्तदाता एवं हालैमात्र रक्तदाता सम्राटबाट बिभुषित कर्माचार्यलाई कार्यक्रमका सभापति एवं ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले सम्मानपत्र प्रदान गरि सार्वजनिक सम्मान गरेका थिए । नगरका उपप्रमुख बिनाकुमारी भट्टराईले स्वागत गरेको सो कार्यक्रममा महिला तथा पुरूष गरि जम्म २०७ जनाले रक्तदान गरेका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ