डेंगी हेर्ने सबैको काज फिर्ताले महामारी अलपत्र, गगन र बस्नेत एउटै बाटोमा !
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतले काज फिर्ताको कठोर निर्णय लिएका छन् । कतिपयले उनको निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले विरोध गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कामकाजमा देशभर ५ हजारको सङ्ख्यामा कर्मचारी छन् । यसलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्दा करिब २ देखि ४ सयको सङ्ख्यामा मात्रै समस्या देखिने अधिकारीहरू बताउँछन् ।
काज फिर्ता गर्नु आफैमा नराम्रो हैन । तर, सबैलाई समान रुपमा न्याय गरिनु पर्छ । सानालाई पेलेर ठुलालाई काखी च्याप्न पाइदैन एक अधिकारीले भने । काज फिर्ताको ठुलो असर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा देखिएको छ ।
महाशाखाका १३ जना कर्मचारीको एकै पटक काज फिर्ता भएको छ । काज फिर्ताले ठुलो असर डेंगी नियन्त्रणमा देखिएको छ । महाशाखामा भेक्टरवन डिजिज हेर्ने तीन जना कर्मचारी सबैको काज फिर्ता भएको छ । उनीहरूले डेंगी, कालाजार, मलेरिया, हात्तीपाइले जस्ता रोगका क्षेत्रमा काम गर्दै आएका थिए । अब त्यो शून्य भएको छ । राम कुमार महतो, उत्तम राज प्याकुरेल, जनक अधिकारी भेक्टर हेर्छन् ।
मन्त्री जी यसलाई पनि सय दिनको उपलब्धीमा राख्ने होला हैन ? राजनीति गर्नेहरूले स्वास्थ्य क्षेत्र बुझ्न नसक्दा हरेक मन्त्रीले समस्या ल्याउने गरेका छन् । हाल सम्म स्वास्थ्यमा खगराज अधिकारी र गिरिराजमणि पोखरेलले केही संयमित भएर काम गरेका उदाहरणहरू छन् ।
मुख्य गरि पुर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन कुमार थापाले काम नगरी मिडियाबाजी गरेर सुधार गरेको जस्तो देखाए । अहिलेका बस्नेतले पनि गगनकै बाटो पैल्याएका छन् । यी दुवैका कारण स्वास्थ्य थप भड्खालातिर गएको पुष्टि हुन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस