केसीकाे अनशन स्वदेशी सक्ने, बिदेशी पोस्ने


काठमाडौं : डा गोविन्द केसीको पटक पटकको अनशनले स्वदेशी स्वास्थ्य सस्था दुब्लाउदै गएका छन् भने, बिदेशी माेटाउदै गएका छन् । केसीलाई उचाल्नेहरु कति सभासद भए कति उच्च तहकाे नियुक्ति खाएर बस्या छन् ।

नथापाउने गरि नेपाली विद्यार्थी बेच्न पल्केका केसी र उनी जस्ता आन्दोलनकारीले गर्दा अहिले नेपाली विद्यार्थी पढाउन भारत र नेपालका सिमानाकामा नर्सिङ कलेज धमाधम खुलिरहेका छन् । डाक्टरी पढाउने भवनहरु पनि ठडिन थालेका छन् । त्यही कारण जब जब विद्यार्थी भर्नाको समय आउँछ केसी अनशन बस्ने धम्की दिन्छन् ।
डा केसीको अनशनको जगमा आएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनले देशका कुनै पनि विश्वविद्यालयले कुनै पनि शिक्षण संस्थालाई चिकित्सा शिक्षातर्फ प्रमाणपत्र वा सोभन्दा तल्लो तहका कार्यक्रम अध्यापन गर्न अनुमति नदिने र चालु कार्यक्रमहरुलाई पनि ५ वर्षभित्र फेज आउट गर्ने उल्लेख थियो।

सोहीअनुसार हाल नेपालमा एचए, फार्मेसी, नर्सिङलगायतका विषय अध्यापन गराउँदै आएका २२८ शिक्षण संस्था बन्द भएका छन् । यसकाे फाइदा सिमानाकामा देखिएको छ ।

प्राविधिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी)अन्तर्गतका प्रि-डिप्लोमा तहका स्वास्थ्य विषयका १३७ वटा र स्टाफ नर्ससम्बन्धी ७३ वटा, विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बिएनका १० वटा र बिएस्सी नर्सिङका ८ वटा शिक्षण संस्था बन्द भएका छन्।

सिमानाकामा एचए, फार्मेसी, नर्सिङलगायतका विषय पढाउने भन्दै हालसालै धमाधम खुलेका भारतीय कलेजहरूले अनुगमनका लागि नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) लाई पत्र पठाएका छन् ।

यी कलेजहरुले उल्लेखनीय संख्यामा नेपाली विद्यार्थी आफ्नो कलेजमा अध्ययन गरिरहेको हुँदा ती मेडिकल कलेजहरूले आफूले सम्बन्धन लिएका विश्वविद्यालयमार्फत् पत्र पठाएर अनुगमनका लागि आइदिन आग्रह गर्दै पत्र पठाएकाे हाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ