औषधी उपचार बापत १ अरब १३ करोड बितरण
काठमाडौं । सरकारले हाल सम्म १ अरब १३ करोड ९२ लाख ५६ हजार रुपैया औषधी उपचार वापत ५ हजार खर्च उपलब्ध गराएको छ । मृगौला प्रत्यारोयण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका विरामीलाई औषधी उपचार वापत खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि, २०७८ बमोजिम स्थानीय तहहरुबाट शोधभर्ना माग भएको रकमको विवरण आर्थिक वर्ष २०७९/८० को पुस सम्म चौथो किस्ता निकासा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार डायलासिसमा ७ हजार १३५, प्रत्यारोपण ४ हजार ३ सय ६१, पक्षघात २ हजार ९३७, २५ हजार ५ सय ९३ गरी जम्मा बिरामी संख्या ४० हजार ५६ जना रहेका छन् । उनीहरुलाई चौथो किस्ता सम्म आउदा राज्यले औषधि उपचार खर्चको नाममा १ अरब १३ करोड ९२ लाख ५६ हजार रुपैया राज्यले वितरण गरेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस