समाचार प्रभाव
वीर अस्पतालको फार्मेसी मर्मत भयो, भित्ताको ढुसीमा नयाँ कलर
काठमाडौं । वीर अस्पतालले आफ्नो चरम लापरबाहीलाई सुधारेको छ । गरिब जनतालाई ढुसी र एसीमा राखेको गुणस्तरहित औषधि खुवाएको थियो । स्वास्थ्य लाइभले बिहीवार बिहान वीर अस्पतालको फार्मेसीः एक भित्तामा ढुसी, अर्कोमा एसी शीर्षकमा समाचार लेखेको थियो । उक्त समाचार सार्वजनिक भएको ८ घण्टा नबित्दै मर्मत भएको छ ।
ढुसी लागेको ठाउँमा मर्मत गरेर कलर गरिएको छ । यती गर्नलाई समाचार लेख्नै पर्ने बाध्यता नबनाएको भएपनि हुन्थ्यो । जे होस् ढिलै भएपनि नेतृत्वले मर्मत गरेर भुइँ मान्छेलाई गुणस्तरीय औषधि खाने अवस्थाको सृजना गरेकोमा धन्यवाद दिनै पर्छ ।
स्रोतले बताए अनुसार फार्मेसीका कर्मचारीले नेतृत्वलाई पटक पटक मर्मत गर्न परिपत्र गरेका थिए । तर, कुनै सुनुवाइ नगरेपछि उनीहरु ढुसी र एसीको चिसोमा औषधि बिक्री गर्न बाध्य भएका थिए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस