खेलकुदमन्त्री लिम्बू डेंगी संक्रमित भएर वीर अस्पताल भर्ना
काठमाडौं । पछिल्लो समय डेंगी संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । मुलुकको संघीय राजधानी काठमाडौंमा डेंगी संक्रमितको संख्या बढ्न थालेको हो ।
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू डेंगी संक्रमित भएर वीर अस्पतालमा भर्ना भएका छन् ।उनका स्वकीय सचिव रोशन राईले मन्त्री लिम्बू डेंगी संक्रमित भएर वीर अस्पताल भर्ना भएको पुष्टि गरे ।
खेलकुदमन्त्री लिम्बू गृह जिल्ला मोरङ गएकाे बेला डेंगी संक्रमित भएको हो कि काठमाडौंमै हुँदा भएको हो एकिन हुन सकेको छैन ।
मोरङको लेटाङमा डेङ्गुका अवस्था बुझ्न जाँदा खेलकुदमन्त्री डेंगी संक्रमित भएको हुन सक्ने उनका सहयोगीले बताएका छन् । ‘मन्त्रीज्यू दुई/तीनदिन अगाडि मात्र लेटाङ अस्पताल तथ निजी क्लिनिकहरूमा डेङ्गजी बिरामीहरू भेट्दै हिँड्नु भएको थियो । त्यहिँ जाँदा डेंगी संक्रमित भएको हुन सक्छ’, उनका एक सहयोगीले स्वास्थ्य लाइभसँग भने ।
राज्यको नीति निर्माणको तहमै रहेका खेलकुदमन्त्री डेंगी संक्रमित भएपछि राज्यका संयन्त्रहरू चलायमान हुने अनुमान गरिएको छ । मुलुकको संघीय राजधानी काठमाडौं डेंगी संक्रमणको उच्च जोखिममा रहेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस