जिल्ला अस्पतालमा आईयूआई र संघीय अस्पतालमा आईभीएफ सेन्टर सञ्चालन गर्नुपर्छ : अधिकारी


काठमाडौं ।  देशको एक मात्रै सरकारी आईभीएफ  सेन्टर ०६८ सालमा सरकारले थापाथली स्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा खोलेको थियो । दुर्भाग्यवस ०७२ सालको बिनासरकारी भूकम्पले सेवा ठप्प हुन पुग्यो । दसौं लाख रुपैयाँ लिएर सेवा दिने निजी अस्पतालका आईभीएफ  सेन्टर फुके तर, सरकारी आईभीएफ  सेन्टर सुके ।

सुकेको आईभीएफ  सेन्टरलाई पुन ब्युँताउने उद्देश्यले  ०७९ सालमा पुन सञ्चालनमा ल्याइयो । सञ्चालनमा आएपछि सेवा लिने ३८ जना दम्पती पुगेको अस्पतालका निर्देशक डा श्री प्रसाद अधिकारी बताउँछन् । आईभीएफ  सेवा लिनेहरुमा उल्लेख्य मात्रामा सफलता मिलेको छ । नीजि क्षेत्रको तुलनामा निकै राम्रो नतिजा आउने गरेको तथ्यांकले देखाउछ । निशन्तान दम्पतीको नाममा नीजि  क्षेत्रमा हुने ठगी रोक्न सरकारले जिल्ला अस्पतालमा आयुआई सेवा र चार संघीय अस्पतालमा आईभीएफ सेन्टर सञ्चालन गरिनु पर्छ ।

२०७९ श्रावण देखि ०८० अषाण मसान्त सम्म ८ हजार ३ सय ९ जना निशन्तान दम्पतीले ओपिडिमा सेवा लिएका छन् । यस मध्ये ३८ जना दम्पतीले आईभीएफ सेवा लिएका छन् ।

आयुआई (शुक्रकिटलाई मेसिनमा राखी सफा गर्ने प्रबिधि) बाट पाठेघरमा शुक्रकिट राख्ने प्रबिधि हो । यो सेवा २५४ जनाले लिएका छन् । आयुआइ सेवा २५४ जनाले लिएका छन् ।  धेरै जसो महिलाहरुमा सामान्य उपचार र आयुआई सेवाका माध्यमबाट पनि सन्तान प्राप्ती हुन सक्छ । आयुआई सेवाबाट पनि गर्भाधारण गराउन सकिन्छ अधिकारीहरु भन्छन् ।

नेपाल सरकारको नीति तथा कार्यक्रममा पनि देशका चार वटा संघीय अस्पतालमा हाल आयुआइ सेवा सञ्चालन रहेको र आगामी दिनमा ती अस्पतालमा आईभीएफ  सेवा समेत सञ्चालन गरिने योजना छ । यसका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकाले परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले तालिम स्वास्थ्यकर्मीहरुलाई दिइसकेको छ । यसका लागि स्वास्थ्य तालिम केन्द्र टेकु र परिवार कल्याण महाशाखाले सहयोग गरेको थियो ।

धेरै जसो गर्भ सामान्य उपचार र आयुआई सेवाबाट हुने गरेको छ । बाँकी १० प्रतिशत अन्तिम बिकल्पलाई मात्रै  आईभीएफ  चाहिन्छ । आईभीएफ  सेवा अत्यन्तै महगो हुने भएकाले नेपाल सरकारले बिभिन्न सघीय अस्पतालमा सेवा सुचारु गर्नु पर्छ ।

प्रसुती गृहमा आयुआई सेवा लिए बापत ६ हजार रुपैयाँ मात्रै खर्च लाग्ने निर्देशक अधिकारी बताउँछन्  ।  निशन्तान दम्पतीका लागि पहिलो सेवा भनेको आयुआई हो । यसलाई जिल्ला अस्पतालमा सुरु गर्दा धेरै जसो उपचार आयुआई सेवा मार्फत नै हुने छ ।  यसले भुइँ मान्छेहरुलाई धेरै राहत दिने छ ।  आयुआई सेवा लिदा पनि शन्तान प्राप्ती नभएको खण्डमा संघीय अस्पतालमा आईभीएफ सेवा लिने छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ