वडाध्यक्ष मुकुन्दको निधनमा शुक्रबार काठमाडौं महानगरभर शोक बिदा
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शुक्रबार काठमाडौं महानगरपालिकाभित्र शोक बिदा हुने भएको छ । काठमाडौं महानगरपालिकाले बिहीबार एक सूचना निकाल्दै वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति दुःख व्यक्त गर्दै महानगरभर शुक्रबार शोक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
‘काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष श्री मुकुन्द रिजालको मिति २०८०/०५/२१ गते बिहीबार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा असमायिक निधन भएकाले २०८० भाद्र २२ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका र अर्न्तगतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’, काठमाडौं महानगरपालिकाको प्रशासन विभागका विभागीय प्रमुख दीपक अधिकारीले जारी गरेको सूचनामा भनिएको छ ।
रिजालको बिहीबार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो । रिजाल २०७४ र २०७९ सालको दुबै स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका रिजाल ५३ वर्षको उमेरमा निधन भएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस