काठमाडौं। सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पतालमा भएको घटना र नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादवमाथि बुधबार भएको खुकुरी प्रहारको घटना सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो रुलिङ गरेका हुन् ।
सभामुख घिमिरेले रुलिङ गर्दै भने, ‘आजको आकस्मिक, शुन्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन् । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’ यी दुबै घटनमा सदनमा चर्को बहस भएपछि उनी सरकारलाई रुलिङ गर्न बाध्य भएका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस