स्वास्थ्यका “जब्बर” मन्त्रीको हल्लियो खुट्टी, बीमा असफल बनाउने प्रयास मै चुके


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका “जब्बर” मन्त्री मोहन बहादुर बस्नेतको यती बेला खुट्टी हल्लिएको छ । बोली अनुसारको कामले माखो नमरेपछि स्वास्थ्य सुधारको योजना सियर बजार ओरालो लागेको जस्तो झरेको झरै छ । तर, उनी ढाकछोप गर्न अनुगमन र भाषण देको देकै छन् । 

मन्त्री बस्नेत केही काम नपाएर स्वास्थ्य बीमा कार्यक्रमलाई ध्वस्त बनाउन लागि परेका थिए । बस्नेत नेतृत्वमा आएपछि बीमा कार्यक्रम ध्वस्त भयो । आफूले गरेको कर्मचारी काज फिर्ताको निर्णय तीन महिना टिकेन । 

आत्महत्या  गर्न कर्मचारी उक्साउने जब्बर मन्त्री बस्नेतले मन्त्रीबाट हात धुनुपर्ने अवस्था आएपछि त्यसबाट चोखिन खटाएको स्थानमा नजाने कर्मचारी र शक्तिको आडमा दुर्गम पठाए मर्छु भन्ने स्वास्थ्यकर्मीलाई डोरी दिनु भनेको हुँ, भन्दै चोखिन खोजेका थिए । तर, उनको बोली र व्यवहार बिल्कुलै फरक छ । 

देशको प्राथमिकता बनेको स्वास्थ्य बीमा कार्यक्रमलाई उनले गरेको व्यवहारले बस्नेतको नियति छर्लङ्ग हुन्छ । असार १७ गतेको स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार स्वास्थ्य बीमा बोर्डमा कार्यरत ९१ जना कर्मचारीको काज फिर्ता गरिएको थियो । मन्त्रालयको पत्र अनुसार बोर्डले साउन २४ गते सबै कर्मचारीलाई काज फिर्ताको पत्र थमाएको थियो । अधिकांशले पत्र बुझेर गएका छन् । केही कर्मचारी त्यसलाई बदर गराउन लागेका थिए । अरुको अगाडि निकै बादशाह बनेको मन्त्री बस्नेतलाई ३ जना कर्मचारीले घुँडा मात्रै टेकाएनन् काज फिर्तालाई उल्टाइदिए ।

एक महिना निर्णय टिकाउन नसक्नेले किन मन्त्री बनेर फुई लगाउनु ! विगतमा सहजरूपमा चल्दै गएको बीमालाई बिभिन्न स्वार्थमा लागेर बस्नेतले ध्वस्तै बनाएका छन् । जति भन्दा पनि नलाग्ने थेत्तरो देखेपछि कर्मचारीहरू पनि जे गर्दा खुसी हुन्छन् त्यही गर्न थालेका छन् । झण्डै तीन करोड नेपालीको हितलाई छाडेर एउटा तीन महिने मन्त्रीलाई खुसी बनाउन कर्मचारीहरू पनि उनकै लहडमा लागेका छन् । 

तर, भदौ २५ गते स्वास्थ्य मन्त्रालयले कर्मचारीलाई अर्को व्यवस्था नभए सम्म यथावत काममा लगाउन मन्त्रीले निर्णय गरेका छन् । यसले पनि उनको खुट्टी हल्लिएको स्पष्ट हुन्छ । मन्त्रीमा स्वास्थ्य बीमा कसरी सुधार गर्ने भन्ने ज्ञान शून्य छ । आफ्नो अधिकार नै नभएको स्थानमा ठालु पल्टिनु परेको छ । कर्मचारी फिर्ताको निर्णय भएपछि स्वास्थ्य बीमा बोडले सेवालाई चुस्त बनाउन ५५ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरेको थियो । तर, यसमा पनि उनले अनावश्यक हस्तक्षेप गरेर लोकसेवालाई धमिल्याउन खोजी रहेका छन् । 

लोक सेवा आयोगका एक अधिकारीले भनेका छन् मन्त्रीले नतिजा प्रकाशन गर्न दिइरहेका छैनन् । परीक्षा लिएको तीन महिना भयो, नतिजा सार्वजनिक गर्न पाएको छैन । अहिले सम्म यस्ता गैर जिम्मेवार मन्त्री नदेखेको अधिकारीहरू बताउँछन् । एउटा उखान छ, “ बाहिर लोकाचार, भित्र मानाचार ” । यस्तै देखियो स्वास्थ्यमन्त्री बस्नेतमा । उनकै कारण बीमाको इतिहासमा पहिलो पटक प्यूठान, स्याङ्जा दोलखा लगायत एक दर्जन जिल्लामा कर्मचारी शून्य भएको छ । बीमाको कार्यक्रम सञ्चालन गर्न जिल्लामा मान्छेको खडेरी परेको छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ