बिरामीको मृत्यु भएपछि बिराट मेडिकल कलेज तनावग्रस्त


काठमाडौं । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि बिराट मेडिकल कलेज तनावग्रस्त भएको छ । हेटौंडाका डाक्टर कुटेको घटना सेलाउन नपाउँदै आज बिराटनगरमा अस्पताल तोडफोड भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अहिले अस्पताल परिसरमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरु मृतकको आफन्तको टार्गेटमा परेका छन् । चिकित्सकहरू दिनप्रतिदिन असुरक्षित बन्दै गइरहेका छन् ।

बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मानसिंह कार्कीले क्यान्सरको बिरामीको मृत्यु भएपछि अस्पताल तोडफोड भएको बताए । क्यान्सर लागेको बिरामी मृत्यु भएपछि अस्पताल तोडफोड भएको जानकारी पाएको छु, आफू काठमाडौंतिर भएकाले धेरै कुरा बुझ्न पाएको छैन ।’, स्वास्थ्य लाइभसँग डा. कार्कीले भने ।

यता हेटौंडामा चिकित्सकमाथि हातपात गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चिकित्सकहरुले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक राजीनामा दिएपछि प्रशासन सक्रिय भएको हो । हेटौंडाका चिकित्सकहरुले सामूहिक जाहेरी समेत दिएका छन् ।

चिकित्सकहरूमाथि यस्ता घटना दोहोरिरहे उनीहरू देशबाट पलायन हुनेमा त्यो क्षेत्रका अग्रजहरु चिन्तित छन् । चिकित्सक इमानरदारपूर्वक बिरामीको उपचार गर्दा ज्यानको असुरक्षा हुने भएपछि यो क्षेत्रमा आकर्षण घट्दै जाने खतरा छ । यसले भविष्यमा उपचार नै नपाउने अवस्था पनि आउन सक्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ