तस्बिरमा हेर्नुहोस् नयाँ बानेश्वरको वृहत्त रक्तदान कार्यक्रम
काठमाडौं । नेपाल देशभक्त युवा शक्ति केन्द्रको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरको छक्कु बक्कुमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार बानेश्वरका युवा र विभिन्न संघसंस्था मिलेर उक्त कार्यक्रम आयोजना गरिएको वृहत्त रक्तदान कार्यक्रममा झन्डै ९० जनाले रक्तदान गरेका छन् । नयाँ बानेश्वर चोकका समाजसेवी नवराज सापकोटाले नेपाल देशभक्त युवा शक्ति केन्द्रले शनिबार नयाँ बानेश्वरस्थित छक्कु बक्कु पार्कमा ९ बजेदेखि सुरु गरेको वृहत्त रक्तदान कार्यक्रम ३ बजे सकिएको बताए । उनले झन्डै ९० जनाले रक्तदान गरेको स्वास्थ्य लाइभलाई जानकारी गराए ।
काठमाडौं महानगरपालिका वडा नम्बर १० र ३१ , समाज सुधार समिति, देउराली क्लब, थर्ड आई युवा क्लब, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, किङ्ग कम स्पोर्ट्स क्लब, थापागाउँ सुधार समितिलगायतको सहयोगमा उक्त वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा संघीय सांसद प्रकाशनमान सिंह, बागमती प्रदेशसभा सदस्यद्वय दिपेन्द्र श्रेष्ठ र सुनिल केसी, काभ्रेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेल, काठमाडौं महानगरपालिका वडा नम्बर १० र ३१ का वडाध्यक्ष तथा वडा सदस्य, स्थानीय समाजसेवी र नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाल देशभक्त युवा शक्ति केन्द्र बानेश्वरमा विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्ने समेत तयारी गरिरहेको समाजसेवी एवं युवा नेता मन्जिल हमालले बताए । ‘अहिले रक्तदान कार्यक्रम राखिएको छ लगत्तै आँखा शिविर सञ्चालन गर्न जुटिरहेका छौं ।’, युवा नेता हमालले स्वास्थ्य लाइभसँग भने ।
वृहत्त रक्तदान कार्यक्रममा वडा कार्यालय, बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ, विभिन्न संघ संस्थाको सहयोग रहेको स्थानीय समाजसेवी सापकोटाले बताए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस