उपसचिव खड्का स्वास्थ्य मन्त्रालय आए


काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमखु प्रशासकीय अधिकृत (उपसचिव) सिताराम खड्काको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ । उनको ठाउँमा कसलाई पठाउने भन्ने कुराको भने टुंगो लागिसकेको छैन ।

सरकारले २९ उपसचिव सरुवा गर्दा जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमखु प्रशासकीय अधिकृत खड्कालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएको हो । उनी नेपाली कांग्रेस निकट कर्मचारी हुन् ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंस्थित गोकर्णेश्वरको प्रमुख प्रशासकीय अधिकृतमा वुटवल उपमहानगरपालिकाका टेकराज पन्थीलाई सरुवा गरेको छ । उक्त नगरपालिकामा कार्यरत बैकुण्ठप्रसाद सापकोटालाईसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फिर्ता बोलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत शाखा अधिकृत भेषराज घिमिरेलाई अर्घाखाँची जिल्लास्थित छत्रदेव गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । उनी मागेर छत्रदेव गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ