लोकसेवालाई समेत विश्वास नगर्ने अजिर स्वास्थ्य मन्त्री, एमाले र माओवादीका मान्छे राख्न लागेको भन्दै नतिजा प्रकाशनमा अवरोध 


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य क्षेत्र २२ वर्ष पछाडि धकेलेका छन् । संघीयता पछि बामे सर्दै अगाडि बढ्ने आशा गरिएको बीमालाई मन्त्री बस्नेतले चार महिनामै  वर्ष पछाडि धकेलेका छन् ।

राज्यको पहिलो प्राथमिकतामा परेको बीमामा स्वास्थ्यमन्त्री बस्नेतले नांगो नाच देखाएका छन् । वरिपरि राखिएका धुपौरेको सल्लाहले पनि उनलाई बिगारेका स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । आफू २२ वर्ष अगाडि स्वास्थ्य राज्यमन्त्री भएको र सबै बुझेको भन्दै धुपौरेको सल्लाहमा अगाडि बढ्दा स्वास्थ्य खरानी भएको छ ।

यति सम्मकी धुपौरेले लोकसेवा आयोगलाई समेत विश्वास नगर्ने अवस्थामा मन्त्रीलाई पुर्याएका छन् । स्वास्थ्य बीमा कार्यक्रममाथि डढेलो लागेपछि त्यसको टुसा उमार्न बीमा बोर्डले अस्थाई कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले लोकसेवालाई धम्की दिदै नतिजा प्रकाशनमा रोक लगाएको आयोगका कर्मचारीले बताएकाछन् । विगतमा स्वास्थ्य बीमा बोर्डले एउटा निजी कम्पनीलाई खुसुक्क अस्थाई कर्मचारीका लागि परीक्षा लिने जिम्मा दिएको थियो । त्यो कुरा बाहिर आएन तर, उक्त कम्पनी मार्फत सबै आफ्ना मान्छेहरू राखिएको थियो ।

विगतमा अत्यन्तै गलत काम भएपछि बोर्डले प्रगति गर्न सकेन एक अधिकारीले भने । असक्षम कर्मचारी भरेर बीमाको नतिजा खोज्नु भनेको जरामा हलो अड्काएर गोरु कुट्नु जस्तै हो, ती अधिकारीले भने । अहिले विगतको कमी कमजोरी सुधार गर्दै बोर्डले लोकसेवा आयोगलाई परीक्षा लिन र नतिजा सार्वजनिक गर्न आग्रह गरे अनुसार १ असारमा परीक्षा लिइएको थियो ।

५५ जना जिल्ला दर्ता अधिकारीका लागि लोकसेवाले लिएको परीक्षाको नतिजामा मन्त्रीले प्रश्न उठाएका छन् । यस्तै विवाद हुन्छ भनेरै बोर्डले लोकसेवालाई सबै कामको जिम्मा दिएको थियो । तर, लोकसेवाको मर्म र भावना नबुझ्ने मन्त्री पर्दा हुने यस्तै हो ।

लोकसेवा आयोगका अनुसार ५५ जनाको प्रश्नको कोडिङ सकिएको छ तर, डिकोडिङ हुन पाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्मेलीत पदपूर्ति समितिले निर्णय गरेसँगै डिकोडिङ गरेर त्यही दिन नतिजा सार्वजनिक गर्ने छौं ।

आफ्ना मान्छे परेनन् भनेर मन्त्रीले नतिजा रोक्नु कति सम्म न्यायोचित हो ? उनलाई कसरी जानकारी भयो कांग्रेसका मान्छे परेनन् भनेर ? अस्थाई दरबन्दीका लागि नतिजा रोक्दा सेवा प्रवाहमा गम्भिर समस्या देखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ