अनामनगरमा शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने


काठमाडौं । अनामनगर शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिको संयुक्त आयोजनामा उक्त निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको हो ।

अनामनगरको समाजिक विकास समाजको हलमा असोज ६ गते शनिबार बिहान १० बजेदेखि १ बजेसम्म निःशुल्क आँखा परीक्षण गर्ने व्यवस्था मिलाइएको देउराली सहकारीका अध्यक्ष रक्षबहादुर रैका मगरले जानकारी दिए । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारणसभाको अवसरमा उक्त शिविर सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले उक्त सहकारी संस्थासँग आवद्ध व्यक्तिहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल आँखा शिविर राखेको हो । अन्य संस्थाले पनि सम्बद्ध व्यक्तिहरूको स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ