कारागार अस्पतालका प्रमुख डा बुढाथोकी मन्त्रालयकाे प्रवक्ता


काठमाडौं । नमूना स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहन बस्नेतले मन्त्राालयकाे प्रवक्ता डा प्रकाश बुढाथोकीलाई बनाएका छन् । समन्वय महाशाखा प्रमूख प्रवक्ता हुने व्यवस्थालाई लातले हानेर बस्नेतले बुढाथोकीलाई जिम्मेवारी दिएका छन् ।

स्वास्थ्य मन्त्राालयले बताए अनुसार उनकाे सरुवा भने भएको छैन । केन्द्रीय कारागार अस्पतालका निर्देशक बुढाथोकीले मन्त्राालयकाे प्रवक्ताकाे जिम्मेवारी सम्हाल्नु परेकाे याे नाैलाे जिम्मेवारी हाे ।

कारागार अस्पतालमा निकै सुधारको काम गरेका निर्देशक बुढाथोकीको लागि भने याे अवसर निकै राम्रो भएको अधिकारीहरु बताउँछन् । बुढाथोकीलाई एचइओसीमा सह प्रवक्ता डा समिर अधिकारी भन्दा माथिल्लाे जिम्मेवारी समेत दिने बुझिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ