स्वास्थ्य सेवा समेत रहेको ठमेलको छायाँ सेन्टर भत्काउन स्थानीय जुर्मुराए


काठमाडौं । स्वास्थ्य सेवा समेत रहेको ठमेलस्थित छायाँदेवी कम्प्लेक्स (छायाँ सेन्टर) भत्काउन स्थानीय सम्पदा संरक्षण अभियन्ताहरू जुर्मुराएका छन् । ऐतिहासिक कमलपोखरी मासेर ठडिएको आलिसान छायाँ सेन्टरमा भत्काएर पोखरी संरक्षण गर्न सम्पदा संरक्षण अभियन्ताहरु तातेका हुन् ।

कित्ता नम्बर १ सय ६७ क्षेत्रफल १२ रोपनी १३ आना २ पैसा २ दाममा फैलिएको कमलपोखरी मासेर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको समूहले छायाँ सेन्टर निर्माण गरेको हो । २०४४ मंसिर २३ गते सरकारको नाममा दर्ता भएको उक्त पोखरीमा एकाएक छायाँदेवी कम्प्लेक्स बनेपछि सम्पदा संरक्षण अभियान्ताहरु निरन्तर आन्दोलनमा छन् ।

सम्पदाप्रेमी समाज नेपालले ऐतिहासिक कमलपोखरीमा निर्मित छायाँ सेन्टर तत्काल भत्काउन दवाब स्वरूप जुलुस तथा कोणसभा कै कार्यक्रम राखेको छ ।

सम्पदाप्रेमी समाज नेपालका संयोजक कविन्द्र डंगोलका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २६ ठमेलस्थित ऐतिहासिक कमलपोखरीमा निर्मित छायाँ सेन्टर तत्काल भत्काउन दवाब स्वरूप विरोध जुलुस तथा कोणसभा कार्यक्रम राखिएको हो । आज (शुक्रबार) दिउँसो २ बजे इन्द्रचोक आकाश भैरबमा उक्त कार्यक्रम राखिएको सम्पदाप्रेमी समाज नेपालले जानकारी दिएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #ऐतिहासिक कमलपोखरी ठमेल, #छायाँ सेन्टर, #नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, #पृथ्वी बहादुर पाण्डे

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ