विप्लवका छोरा डा. प्रकाश र डा. मान्यताबीच जनवादी बिबाह
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा डा. प्रकाश र डा. मान्यता थापाबीच जनवादी बिबाह भएको छ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका चर्चित जोडी डा. प्रकाश र डा. मान्यता बिबाह बन्धनमा बाँधिएका हुन् ।
‘प्रगतिशील बिबाह कार्यक्रम’को व्यानर राखेर डा. प्रकाश र डा. मान्यताबीच कपिलवस्तुमा बुधबार बिबाह भएको हो । उनीहरूले नामको पछाडि थर नलेखी ‘सी’ लेख्दै आएका छन् ।
नेकपा निकट जनस्वास्थ्य संगठनमा समेत आबद्ध रहेका डा. प्रकाश र मान्यताबीच भएको विबाहमा जम्मा ३० हजार रुपैयाँ खर्च भएको दाबी गरिएको छ । उनीहरूले बिना तामझाम बुधबार लगन गाँठो कसेका छन् ।
पार्टीका नेता तथा कार्यकर्तालाई साक्षी राखेर गरिएको ‘प्रगतिशील बिबाह कार्यक्रम’मा बेहुला-बेहुलीले सामन्य पोशाक लगाएर उपस्थित भएका थिए । बिबाहमा डा. प्रकाश सामान्य सर्ट र पाइन्ट लगाएका थिए भने डा. मान्यता सारी र ब्लाउजमा बेहुली बनेर उपस्थित भएकी थिइन् ।
मेडिकल कलेजले विद्यार्थीमाथि गरेको ठगीविरुद्ध आन्दोलनको अग्रपंक्तिमा उभिएर चर्चामा आएकी डा. मान्यता निडर र निर्भिक महिलाका रुपमा परिचित छिन् । तडकभडकबिना नै बिबाह सम्भव छ भनेर उक्त जोडीले गतिलो उदाहरण प्रस्तुत गरेको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस