शनिबार अनामनगरमा निःशुल्क आँखा शिविर हुने


काठमाडौं । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर २९ अनामनगरमा आँखा शिविर हुने भएको छ । विभिन्न संघसंस्थाको आयोजनामा उक्त निःशुल्क आँखा शिविर हुन लागेको हो ।

शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म अनामनगरको समाजिक विकास समाज हलमा निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अनामनगर काठमाडौं, लायन्स क्लब अफ रामेछाप, तामाकोशी र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिको संयुक्त आयोजनामा उक्त निःशुल्क आँखा शिविर हुन लागेको हो । उक्त निःशुल्क आँखा शिविरको समन्वय देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रक्ष बहादुर रैका मगरले गरेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ