आज वृहत्त बानेश्वर सरसफाई कार्यक्रम


काठमाडौं । आज शनिबार बानेश्वरमा वृहत्त सरसफाई कार्यक्रम राखिएको छ । नयाँ बानेश्वर व्यपार व्यवसायी संघको आयोजनामा असोज २० गते शनिबार (आज) उक्त वृहत्त सरसफाई कार्यक्रम राखिएको हो ।

नयाँ बानेश्वर व्यवसायी संघका अध्यक्ष नवीन लुईटेलका अनुसार हिन्दुहरूको महान पर्वहरूको पूर्व सन्ध्यामा वृहत्त बानेश्वर सरसफाई कार्यक्रम राखिएको बताए । शनिबार बिहान साढे ७ बजेदेखि उक्त वृहत्त सरसफाई कार्यक्रम सुरू हुने उनले जानकारी दिए । शंखमुल पुलदेखि उक्त वृहत्त बानेश्वर सरसफाई प्रारम्भ हुने लुईंटेलले जनाए ।

“नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आउन लागेको हिन्दुहरुको महान चाडहरुलाई स्वागत गर्दै हाम्रा सडक पेटी र बोट बिरुवा सफा गरी भौतिक वातावरणलाई स्वच्छ, सुन्दर सफा र पर्वमय बनाउँदै व्यवहारिक जीवनमा सकारात्मक सोच, ऊर्जा र सुन्दर भावना जागृत गर्ने अभिप्रायबाट दिन्दुहरूको महान पर्वहरूको पूर्वसन्ध्यामा ” हाम्रो बानेश्वर, राम्रो बानेश्वर भन्ने नारासहित वृहत्त बानेश्वर सरसफाई कार्यक्रम -२०८०” आयोजना गरिएको हो  ।’,अध्यक्ष लुईटेलले भने ।

सम्पूर्ण स्थानीय संघ संस्थाहरुलगायत सरसफाई सम्बन्धी कार्य गर्ने सम्पूर्ण निकायहरुलाई आजको वृहत्त बानेश्वर सरसफाई कार्यक्रममा सहभागी भइ कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गर्न सहयोग गरिदिन समेत अध्यक्ष लुईटेलले अनुरोध गरेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ