पर्यटनमन्त्री सुदन किराँती अल्सर पीडित


काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई अल्सर भएको छ । अस्वस्थ भएर स्वास्थ्य परीक्षण गराउँदा मन्त्री किराँतीलाई अल्सर देखिएको हो ।

पर्यटनमन्त्री किराँतीले आफूलाई अल्सर भएको समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । ‘जनताले मलाई भोट,माया र सहानुभूति दिनु भयो, पार्टीले टिकट दियो । प्रधानमन्त्रीले मलाई मन्त्री दिनु भयो,तर प्रकृति (स्वास्थ्य) ले अल्सर दियो । सायद समाजमा हामी रोगीहरु नै बहुमतमा छौं,धैर्यतापूर्वक डटेर सामना गरौं, जित हाम्रो हुनेछ ।’, पर्यटनमन्त्री किराँतीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

माओवादी केन्द्रका नेता उनी भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर पर्यटनमन्त्री बनेका हुन् ।

मन्त्री किराँतीका प्रेस सहयोगी राजन समिपले मन्त्री किराँतीको स्वास्थ्यले आराम गरे भनेपनि देशको वर्तमान अवस्थाले दैनिक कम्तिमा १९ घण्ट काम गर्नु परिरहेको बताए । अल्सर पीडित मन्त्री किराँती दैनिक नतिगत कामको चापलाई व्यवस्थापन गर्दै विदाको दिन केही संस्कृति निर्माणका अभियान र जनताको मन राख्न केही औपचारिक कार्यक्रममा सहभागी हुने क्रम जारी रहेको उनको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ