यस्ता छन् डेंगीबाट बच्ने उपाय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म डेंगी संक्रमणबाट १२ हजार ३१ जनाको ज्यान गइसकेको छ । ११ लाख ५७ हजार ५ १९ डेंगी संक्रमित नेपालमा फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा भने डेंगी संक्रमित फेला परेका छैनन् भने डेंगीका कारण कसैले ज्यान गुमाउनु परेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगीको संक्रमण देखिन थालेकाले लामखुट्टेको वृद्धि विकास रोकि लामखुट्टेको टोकाइबाट बच्न आवश्यक हुन्छ ।

डेंगीको संक्रमणबाट बच्नका लागि सधै झुल टाँगेर सुत्नु पर्छ । खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाए लामखुट्टेको टोकाइबाट बच्न सकिने स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

डेंगी संक्रमणबाट बच्न घरको झ्याल ढोकामा जाली हाल्ने र सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको हो ।

घरपालुवा पशु पंक्षी व्यवस्थित ढंगले पाल्ने र घर वरिपरि गमल, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने लामखुट्टेबाट बच्ने उपाय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ