राताे मासुकाे प्रयाेग कम गराैं


दसैँमा मानिसहरूले रातो मासु (खसी, च्यांग्रालगायत) अत्यधिक प्रयोग गर्छन् । यसमा राम्रो र नराम्रो फ्याट (स्याचुरेटेड फ्याट) मिसिएको हुन्छ । मात्रा मिलाएर थोरै–थोरै (तीन–चारवटा सानो पिस) खानु ठिकै हुन्छ । तर, हाम्रोमा धेरै मासु खाने बानी हुन्छ । धेरै भेराइटी एकैपटक खाने बानी हुन्छ । यो राम्रो होइन । प्रेसर, कोलेस्ट्रोल, मुटुका बिरामी, मधुमेह, युरिक एसिडका बिरामी, पाचन प्रणालीमा समस्या भएकाहरूले सकेसम्म रातो मासु नखानु राम्रो हुन्छ । खानैपरे चिल्लो कम प्रयोग गरेर तयार गर्नुपर्छ र थोरै खान सकिन्छ । स्वस्थ रहनका लागि माछा–मासुको सन्तुलित प्रयोग जरुरी छ ।
मासु नखानेका लागि  मासु नखानेका लागि पनि थुप्रै परिकार बनाएर खान सकिन्छ । पनिर, गेडागुडी, च्याउ, चिजलगायतका परिकार बनाउन सकिन्छ । त्यस्तै, च्याउ, क्वाँटी, सोयाबिन, पनिरलगायतका परिकार बनाएर खान सकिन्छ ।

सलाद  शाकाहारीले पनि यस समय उच्च प्रोटिनयुक्त खानेकुरा (पनिर, तोफु)लगायत अत्यधिक खाने गर्नुहुन्छ । तर, हामीले यसरी प्रोटिन धेरै भएका खानेकुरा खाँदा फाइबरयुक्त खानेकुरा पनि मात्रा मिलाएर खानुपर्छ । दाल, गेडागुडी, काँक्रो, मुला, गाँजर, हरियो सागसब्जी, प्याजलगायतमा प्रशस्तै मात्रामा फाइबर हुन्छ । त्यसैले सलाद खानुपर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ