गृह मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने


काठमाडौं । गृह मन्त्रालयका सहसचिव नेतृत्वको ८ सदस्यीय कार्यदललेले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । उक्त कार्यदलले नेपालमा औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी १ महिनाभित्र प्रतिवेदन पेस गर्ने म्यान्डेट पाएको हो ।

प्रकाशशरण महतको नेतृत्वमा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो । गत जेठ १५ बजेट भाषणमा घोषणा भएबमोजिम नेपालमा औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने कुरा उल्लेख थियो ।  त्यसैका आधारमा उक्त कार्यदल गठन भएको हो ।

नेपालमा औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजालाई कानुनी मान्यता दिन पूर्वसचिव भीमप्रसाद उपाध्यायले निरन्तर आवाज उठाउँदै आएका छन् । उनको प्रयासले केही हदसम्म सार्थकता पाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ