पूर्वसांसद कोमल वलीलाई मातृशोक


काठमाडौं ।  राष्ट्रिय सभाकी पूर्वसदस्य कोमल वलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

पूर्वसांसद कोमलकी आमा दीपाको उपचारका क्रममा अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गितकार तथा समाजसेवी दीपा हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट ग्रसित थिइन् । नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य उनी १९९८ रोल्पामा जन्मिएकी हुन् ।  स्व. दीपाका कोमलसहित दुई छोरी र दुई छोरा रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ