कीटजन्य रोग बढ्न थालेपछि सरकारले सातै प्रदेशमा इन्टोमोलोजी ल्याब सञ्चालन गर्दै


काठमाडौं । भेक्टर वन डिजिज बढ्न थालेपछि यसको खोजपड्तालका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातै प्रदेशमा इन्टोमोलोजी ल्याब सञ्चालनमा ल्याउने भएको छ । 

विभिन्न दातृ निकायको सहयोगमा महाशाखाले उक्त प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो । महाशाखाले बताए अनुसार एक हप्ता भित्र सातै प्रदेशमा प्रयोगशाला स्थापनाका लागि आवश्यक उपकरण पुग्नेछन् । 

कीटजन्य रोगको निवारण, नियन्त्रण, निदान, उपचार, औषधीय प्रभावकारी अध्ययन, इन्टोमोलोजीकीटजन्य रोग नियन्त्रण सम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले यो प्रयोगशाला सञ्चालनमा ल्याएको हो । हाल हेटौडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा मात्रै इन्टोमोलोजी ल्याब सञ्चालनमा रहेको छ । 

सरकारले पछिल्लो समय औलो, कालाजार, मलेरिया लगायतका कीटजन्य रोगको तीब्र वृद्धि र ७७ जिल्लामै यसको असर पर्न थालेपछि सातै प्रदेशमा परीक्षणका लागि प्रयोगशाला नै सञ्चालनमा ल्याउन लागेको हो । डेढ करोड लगानीमा उक्त ल्याब सञ्चालन गर्न लागिएको छ । 

अधिकारीहरूले बताए अनुसार तीन महिनाको अनुपातमा एक – एक जिल्लामा परिक्षण गरिने छ । तर, परीक्षणका लागि आवश्यक पर्ने इन्टोमोलोजीष्ट भने छैनन् । यसको विकल्पमा महाशाखाले कीटजन्य रोग अनुसन्धानका क्षेत्रमा नियमित काम गरेका ८४ जनालाई ७ देखि ९ दिनको तालिम दिएको छ ।  

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ