वीर अस्पतालमा एमआर प्रवेश २ बजेपछि मात्रै


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले मेडिकल रिप्रेजेन्टेटिभ अर्थात् एमआर प्रवेश २ बजेपछि मात्रै खुला गरिएको छ । बिरामीको चाप हुने र चिकित्सकले बिरामी भन्दा पनि एमआर प्रती ध्यान जाने भएपछि प्रशासनले एमआर प्रवेशमा कडाइ गरेकाे हाे ।

अस्पतालका उपकुलपति प्राध्यापक डाक्टर भुपेन्द्र कुमार बस्नेतले बिरामीकाे सेवामा कुनै बाधा र अड्चन नहाेस् भनेर याे निर्णय गरेकाे बताए । बिहान बिरामीको चाप हुने समय १० बजे देेखि २ बजे सम्म विभिन्न औषधी कम्पनीले आफ्ना कम्पनीका औषधी बिकाउन मेडिकल रिप्रेजेन्टेटिभ अर्थात् एमआर खटाउने गरेकाे छ ।

बिरामी चाप हुने समयमा चिकित्सक भेट्ने आफ्ना दबाइ लेख्न विभिन्न अफर गर्नेकाम एमआरले गर्दा बिरामीले समयमा सेवा नपाउने र पाएकाे सेवा पनि चिकित्सक विभिन्न प्रलाेभनमा पर्दा गुणस्तरीय नहुने समस्या छ । अब बिरामी हेरिसकेपछि मात्रै चिकित्सकले एमआर भेट्न पाउने छन् । कुनै चिकित्सकले बिरामी हेर्न छाडेर एमआर भेटे बिरामीले प्रतिवाद गर्न पाउने छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ