रोल्पा अस्पतालले डा. ज्ञवालीको नेतृत्वमा पायो ८५ स्कोर


रोल्पा । पहाडी दुर्गम जिल्ला रोल्पामा रहेको रोल्पा अस्पतालमा अहिलेसम्मकै सबैभन्दा धेरै सुधार भएको पाएको छ ।
रोल्पा अस्पतालको न्युनतम सेवा मापदण्डको मूल्यांकन तथा समिक्षा गर्दा अहिलेसम्मकै धेरै सुधार भएको पाइएको हो ।
गत मंसिर २८ र २९ गते भएको मुल्यांकन तथा समिक्षापछि इतिहासमै पहिलोपटक अस्पतालले न्युनतम सेवा मापदण्डको स्कोरमा ८५ अंक ल्याएको जानकारी दिइएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले नियमित गर्ने यस आर्थिक बर्षको मुल्यांकनका लागि अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीको नेतृत्वमा निर्देशनालयकै कौशल भण्डारी, अस्मिता नेपाल र सन्देश पौडेलसहितको चार जनाको टोली खटिएको थियो ।
टोलीले मङ्सिर २८ गते अस्पतालको अनुगमन तथा निरीक्षण गरेको थियो भने मङ्सिर २९ गते समिक्षा कार्यक्रम गरेको थियो ।
समिक्षा कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. सुदन कुमार ओली सहभागी भएका थिए भने प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका प्रतिनिधि उधोगी व्यवसायी, पत्रकार, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि तथा अन्य सम्पुर्ण सरोकारवाला निकायको उपस्थीति रहेको थियो । कार्यक्रममा अस्पताल तर्फबाट मेडिकल सुपरिटेन्डेन्ट डा. लोकरत्ना ज्ञवालीले अस्पतालको अवस्थाका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रममा सहभागीहरुले डा. ज्ञवाली नेतृत्वको टोलीले अस्पतालमा चामत्कारिक सुधार गरेको भन्दै प्रशंसा गरेका थिए । अस्पताल बिकास समितीका अध्यक्ष शेरबहादुर थापाले पनि अस्पतालको सुधारमा डा ज्ञवाली नेतृत्वको टोलीले धेरै मेहनत गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
५० शैयाको यो प्रादेशिक अस्पताल हाकिराख्नु भएका मेसु डा. ज्ञवालीले अस्पतालमा एकदमै राम्रो टिमवर्क रहेको र आफूहरुको निरन्तरको खटाइले अहिलेको उत्कृष्ट नतिजा आएको जानकारी दिए । उनले भने, “अहिले सार्वजनिक भएको नतिजाले हाम्रा कर्मचारी साथीहरुको मेहनतलाई न्याय गरेको छ। आगामी दिनमा अझ राम्रो गर्ने प्रयास गर्नेछौ। हामी यो स्कोर धेरै माथी पुर्याउन चाहन्छौं।”
डा. ज्ञावालील आफूहरुलाई आवश्यक जनशक्ति पर्याप्त भएमा अहिलेको सेवालाई अझ पर्याप्त र प्रभावकारी बनाउन सक्ने पनि बताए

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ