बरिस्ठ क्यान्सर राेग विशेषज्ञ डा.अरुण शाहीलाई ५० हजार पुरस्कार


काठमाडौं । बरिस्ठ क्यान्सर राेग विशेषज्ञ डा.अरुण शाहीलाई ५० हजार राशीको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार यस वर्ष मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीले प्रदान गरिएको हाे ।

पुरस्कारका लागि नाम सिफारिस समितिको सिफारिस बमोजिम क्यालिफोर्नियामा गत ५ डिसेम्बरमा बसेको एसोसिएशनको सचिवालय बैठकले डा. शाहीलाई यसवर्षको अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कारद्वारा सम्मान गर्ने निर्णय गरेको थियो ।

एनआरएनएले डा. शाहीलाई मानव स्वास्थ्यका लागि चुनौती बनिरहेको क्यान्सरबाट जोगाउन सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनारमार्फत तथ्यगत तथा प्रामाणिक सूचना जानकारी प्रवाह गर्ने कार्यमा सक्रिय रहेको साथै क्यान्सरका बिरामीहरुको उपचारमा अहोरात्र खटेको कामको मूल्यांकन गर्दै यो पुरस्कारप्रदान गरेको जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ