पार्टीको भबिष्य बाेकेर सरकारमा गएका बस्नेतले आफ्नाे मात्रै भबिष्य बाेके
काठमाडौं । एक वर्ष अगाडि नेपाली कांग्रेस सिंगो पार्टीको भबिष्य बाेकेर सरकारमा गएका माेहनबहादुर बस्नेतले आफ्नाे भबिष्यबाहेक अरुकाे जिम्मेवारी लिन सकेनन् ।
मन्त्री भएर आएदेखि उनले कर्मचारीलाई गुण्डा शैलीमा थर्काउने, आफू अनुकूल काम नगरे सेटै परिवर्तन गर्ने जस्ताे मानसिक यातना दिएर काममा लगाए । याे धम्की स्वास्थ्य क्षेत्र सुधारमा लगाएको भएपनि सुनमा सुगन्ध हुनेथियो । तर, मन्त्री बस्नेतले आफू प्रतिकूल कर्मचारीको सरुवा, खरिद र विदेश भ्रमणमा समय लगाए ।
स्वास्थ्य बीमा कार्यक्रम देशका ठूला मेडिकल कलेजमा बन्द छ । खुलाउन सकेनन् । समस्या लिएर आएका संचालकलाई आफूजस्तै गुण्डा देखे र त्यहि संज्ञा दिए । स्वास्थ्य सुधारको नयाँ सपना देख्न सकेनन् २० वर्ष अगाडिकाे स्वास्थ्य र अहिले उहीँ सम्झिए, जुन समयमा उनी राज्यमन्त्री थिए । अहिले उनि फुल मन्त्री भए तर, त्यस बेलाकाे भन्दा अहिले माथि उठ्न सकेनन् ।
चिया पसलकाे उद्घाटनदेखि सबै खालका कार्यक्रमकाे अतिथि बन्न जताततै पुगे तर, स्वास्थ्य सुधारकाे कुनै याेजना दिन सकेनन् । स्वास्थ्यमा कामकाे माखाे नमरे पछि आफू अनुकूल मिडियामा जबर्जस्त प्रचारबाजी गर्न खाेजे तर सकेनन् । जुन आसा र भराेसका साथ उनलाई पार्टीले स्वास्थ्य मन्त्राालयकाे जिम्मेवारी दियाे त्याे जिम्मेवारी निभाउन नसक्दा आफूमात्र हैन सिंगो पार्टी बदनाम बन्न पुगेकाे छ ।
स्वास्थ्य वीमा बाेर्डका कार्यकारी निर्देशक र वीर अस्पतालकाे निर्देशककाे जबर्जस्त पदच्युत र अदालतको पुनर्बहालीले बस्नेतकाे खुट्टी छामिएकाे मात्रै छैन, पार्टीभित्र समेत आलोचना सुरु भएकाे छ ।
तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा र बस्नेत कुरामा उस्तै देखिए । गगनले पनि कामकाे माखाे नमारी हाेहल्ला गरेर जनता भ्रमित पारी गए, अहिले बस्नेतले पनि उनकै बाटाे लिएको जानकारहरु बताउँछन् ।
मन्त्री जि, तपाईंले राम्रो काम गरेका भए आफूले हैन, जनताले भन्नू पर्छ । तपाईंको पार्टीका अरु सदस्यले भन्नु पर्छ । काम गरेकाे व्यक्ति गल्लिमा कुकुर भुकेजस्ताे जताततै आफ्नाे कुरा राख्दै हिँड्दैन । राम्रो काम गरेकाे भए खुरुखुरु काम गर्नुहाेस् जनता आफै तपाईंले गरेकाे कामकाे पक्षमा भुक्न थाल्छन् ।
यता कांग्रेस नेता प्रदिप पाैडेलले समेत राम्रो काम गर्न नसकेकाे संकेत गरेका छन् । ‘यहिँ पद्धतिमा दुई तिहाइ ल्याउन सरकारमा गएकाहरुले राम्रो काम गर्नुपर्छ तर, याे भएको छन् ।’, उनले भनेका छन् । अधिकारीहरु भन्छन् सरकारमा पार्टीको भबिष्य बाेकेर गएका बस्नेतले आफ्नाे भबिष्यबाहेक पार्टीकाे भबिष्य बाेक्न सकेनन् ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस