स्वास्थ्यमन्त्री बस्नेतका कारण वीर अस्पतालमा ताला


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कटौती गर्दा वीर अस्पतालमा ताला लागेको छ । वीरका केही अराजक कर्मचारीले वीर अस्पतालको लेखा प्रशासन शाखामा ताला लगाएका छन् ।

न्याम्सको अहिलेको नेतृत्वले सुधारको प्रयास गरिरहँदा वीरका केही कर्मचारी असन्तुष्ट देखिएका छन् । उनीहरूले नेतृत्वलाई असफल पारेर वीरमा विकृतिलाई निरन्तरता दिन खोजेको आभाष हुन्छ । वीरका अराजक कर्मचारीलाई स्वास्थ्यमन्त्रीले बजेट कटौती गरेको कुरा तालाबन्दी गर्ने बाहना बनेको छ ।

आन्दोलनमा संलग्न एक कर्मचारीका अनुसार लेखाले आवश्यक भुक्तानी नदिएको आरोपमा तालाबन्दी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वको हठका कारण यो अवस्था आएको हो । मन्त्रालय र मन्त्रीको बदमासीको मार अहिले वीर अस्पतालले खेपिरहेको छ । यही मौकामा त्यहाँका केही अराजक कर्मचारीले चलखेल र तालाबन्दी गरेर आफ्नो स्वार्थ पूर्ति गर्न खोजेको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ