काेशी अस्पतालकाे एआरटी क्लिनिक र “एड्स हेल्थ केयर” फाउन्डेसन बीच सहकार्य


काठमाडौं । काेशी अस्पतालकाे एआरटी क्लिनिक र “एड्स हेल्थ केयर” फाउन्डेसन बीत सेवा सम्बन्धि सहकार्यकाे शुभारम्भ भएको छ । एचआइभी संक्रमितलाइ सहयोग पुर्याउने उदेश्यले सुरु भएको “एड्स हेल्थ केयर” फाउन्डेसन र काेशी अस्पताल एआरटी क्लिनिकले सेवामा सहकार्य गर्ने भएका हुन् ।

सहकार्यकाे शुभारम्भ स्वास्थ्य तथा जनसंख्या सचिव डा राेशन पाेखरेलले गरे । उनले दुई पक्षबीचकाे सहकार्यले एचआईभी संक्रमितमा राहत पुग्ने बताए ।

पोखरेलले स्वास्थकर्मीमा नै अझै पनि एचआइभि संक्रमीत उपचार गर्दा आफुलाइ रोग सर्न सक्छ भन्ने डरका कारण बिरामी रेफर भएर अन्यत्र जान बाध्य रहेकाे बताए । उनले यसकाे अन्त्य हुनु पर्नेमा जोड दिदै सो बिषयमा बिचार पुर्याउन कोशि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लाइ निर्देशन दिए ।

कार्यक्रममा डाक्टर उन्नत श्रेष्ठले “एड्स हेल्थ केयर” फाउन्डेसनले अन्य भिन्न काम गर्ने नभइ अस्पतालमा भै रहेको सेवालाई बिस्तार र ब्यबस्थित गर्न महत्त्वपूर्ण योगदान दिने बताए । एचआईभी संक्रमीत सबैले सेवामा पहुच प्राप्त गर्न सकुन भन्ने उदेश्यका साथ यो कार्यक्रम कोशी अस्पताल बिराटनगरमा “एड्स हेल्थ केयर” फाउन्डेसनकाे सेवा सुरु गरिएको बताए ।

अस्पतालमा सेवा लिन आउने बिरामीहरुको सामान्य शल्यक्रिया गर्न पनि रिफर हुने परिपाटी छ । यसलाई अन्त्य गर्न जरुरी छ । यसका लागि सेवा बिस्तारले महत्वपूर्ण योगदान दिने छ, उनले थपे ।

AHF एसिया ब्युरो तथा मार्केटिङ प्रमुख दिपक ढुङ्गेलले स्थानीय, प्रदेश र केन्द्रीय सरकार बिच रहेर “एड्स हेल्थ केयर” फाउन्डेसनले पुलको काम गर्ने स्पस्ट पारे ।

त्यस्तै AHF कन्ट्री म्यानेजर दिब्यराज जोशीले कोशी प्रदेशमा AHF को पहिलो सेवा रहेको र बढी भन्दा बढी संक्रमित लाई कसरी सुरक्षित सेवा दिन सकिन्छ भन्नेमा आफुहरुको ध्यान केन्द्रित हुने बताए ।

त्यस्तै रास्ट्रिय यड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर संजय कुमार ठाकुरले संक्रमण रोक्दै नयाँलाई संक्रमण हुन नदिन जिरो जिरो जिरो को अवधारणामा जानू पर्नेमा जोड दिदै बजेट समेत विकेन्द्रीकरण गर्ने र सबै सेवा स्थानीय तह र प्रदेशबाटै हुने वातावरण मिलाउन आफुहरु लागि परेको बताए।

कोशी अस्पतालका मेसु डाक्टर चन्द्रभाल झाले सेवालाइ अझ प्रभावकारी बनाउन अस्पताल बाट दिनुपर्ने सेवालाइ अझ प्रभावकारी बनाइ कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ