निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेलले गाडी बुझाएनन् महानगरमा


काठमाडौं । निलम्बित काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रामप्रसद पौडेलले महानगरमा गाडी नबुझाएको पाइएको छ । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी नियुक्त गर्दा कार्यापालिकाको निर्णय किर्ते गरेको अभियोगमा निलम्बनमा परेका उनले महानगरले उपलब्ध नगराएको खुल्न आएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सचिवालयका अनुसार निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेलले सरकारी गाडी फिर्ता गरेका छैनन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको गाडी खोसिएको चर्चा चलिरहँदा उनले भने गाडी घरमै लगेर राखेको मेयरको सचिवालयको दाबी छ । ‘निलम्बनमा परेपछि फुकुवा नहुन्जेल उहाँले नैतिकताका आधारमा गाडी फिर्ता गर्नु पर्ने हो तर उहाँले अहिले पनि उक्त गाडी प्रयोग गरिरहेको भन्ने सूचना आएको छ ।’, मेयरको सचिवालयले स्वास्थ्य लाइभसँग भन्यो ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीको गाडी खोसिएपछि स्वास्थ्य विभाग प्रमुख पौडेलको गाडी खोस्न दबाब परेको छ । महानगर स्रोतका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर २९ घट्टेकुलोमा बस्दै आएका छन् । उनले महानगरपालिकाले उपलब्ध गराएको बा २ झ ३१७१ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् । निलम्बित स्वास्थ्य विभाग प्रमुख पौडेलले अहिलेसम्म उक्त गाडी महानगरमा नबुझाएपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीको जस्तै खोसिने सम्भावना पनि बढेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ