स्वास्थ्यको किर्ते काण्ड लागेका अधिकारी हटेर काठमाडौं महानगरपालिकामा परियार आए


काठमाडौं । स्वास्थ्यको कर्मचारी भर्तीमा विवादित बनेका बसन्त अधिकारी काठमाडौं महानगरपालिकाबाट हटेका छन् । उनको ठाउँमा राष्ट्रिय योजना आयोगका प्रदिप परियार आएका हुन् ।

सहसचिवका लागि आकर्षक मानिएको काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अन्तत: परियारले बाजी मारेका हुन् । मेयर बालेन शाहको उमेर समूहकै उनी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका हुन् ।

स्वास्थ्यको कर्मचारी भर्ती विवादमा मुछिएका अधिकारी भने मधेशी आयोग फ्यालिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ