कामनपा-११ वडा कार्यालयमा निःशुल्क बाथरोग परीक्षण


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ११ को कार्यालयमा बाथरोगको निःशुल्क परीक्षण भइरहेको छ । कामनपा-११ का वडा सदस्य दिपेश राउतका अनुसार उक्त निःशुल्क बाथरोगसम्बन्धी परीक्षण साँझ ५ बजेसम्म चल्नेछ ।

 नेशनल बाथरोग सेन्टर र बद्री तिर्थ आर्थराइटिस समाजको संयुक्त आयोजनामा वडा कार्यालयमा बाथरोग तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको हो । वडाध्यक्ष हिरालाल तण्डुकारको सक्रियतामा उक्त बाथरोग परीक्षण शिविर सञ्चालन गरिएको जनाइएको छ ।

निःशुल्क रगत तथा स्वास्थ्य परीक्षणका लागि वडाबासीहरु अहिले धमाधम वडा कार्यालय पुगिरहेका छन् । स्वास्थ्य शिविर सञ्चालनमा काठमाडौं महानगरपालिका वडा नम्बर ११ का जनप्रतिनिधिहरु निकै सक्रिय देखिन्छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ