दातृ निकायबाट अपहेलित हुँदा कुष्ठ रोग निवारणमा चुनौती


काठमाडौं । अन्तराष्ट्रिय दातृ निकायहरूको प्राथमिकतामा कुष्ठ रोग पर्न नसक्दा निवारणमा चुनौती थपिएको छ । धनी देशहरूमा कुष्ठ रोगको समस्या भयावह रुपमा देखिएको छैन् । गरिब देशहरूमा यसको समस्या बढ्दो छ । आफ्नो देशमा समस्या नहुदाँ सम्म धनी देश नेपाल जस्ता गरिब देशहरूमा लगानी गर्न रुचाउँदैनन् । 

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्राले दातृ निकायको सहयोग कुष्ठ रोगमा नभएको बताइन् । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि उनले सबैको सहयोगमा मात्रै कुष्ठ रोग निवारणमा सफलता मिल्ने बताइन् । उनले दातृ निकाय, सञ्चार जगत, आम नागरिक सबैको साथ र सहयोग भएको खण्डमा कुष्ठरोग निवारण सम्भव हुने स्पष्ट पारिन् । 

विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसका अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले विश्वव्यापी रुपमा १ अर्ब भन्दा बढी मानिसहरूलाई प्रत्यक्ष रुपमा कुष्ठ रोगले असर गर्ने गरेको बताए । विश्व स्वास्थ्य सङ्गठनले २१ रोगलाई उष्णप्रदेशीय रोगका रुपमा सूचिकृत गरेको छ । 

जनस्वास्थ्य समस्याको रुपमा निवारण गर्ने (जिल्ला तहमा प्रति १०,००० जनसङ्ख्यामा कालाजारको बिरामीको संख्या १ भन्दा कममा पु¥याउने ) कालाजारका कारण हुने मृत्युलाई १ प्रतिशत भन्दा कममा कायम गर्ने लक्ष्य सरकारको रहेको छ । पछिल्लो दुई दशकमा कालाजारका बिरामीहरूको संख्या ९० प्रतिशतले कमि आएको छ । डा मरासिनीका अनुसार हालको तथ्यांक अनुसार कालिकोट जिल्लामा मात्र निवारणको लक्ष्य प्राप्त गर्न सकिएको छैन ।

कालाजार रोगको तथ्याङ्कहरू नयाँ जिल्लाहरूबाट समेत प्राप्त  भइरहेका छन् जसले गर्दा सन्  २०२६ सम्ममा यो रोगलाई निवारण गर्ने लक्ष्यको प्राप्तिमा चुनौती थपिएको छ । कालिकोट जिल्लामा कालाजारको संक्रमण दर उच्च रहेको छ भने सुर्खेत, बैतडी, बाजुरा, कैलाली, ओखलढुंगा जस्ता जिल्लाहरूमा अन्य जिल्लाहरू भन्दा बिरामीको संख्या अझै पनि बढी छ उनले भने । 

तथ्यांक अनुसार वर्षेनी २ लाख भन्दा बढी केस रिपोर्ट हुने गरेको छ । नेपालमा कुष्ठ रोगको देश व्यापी प्रकोप दरमा बृद्घि देखिएको छ भने अझै यो रोगले अपाङ्गता को दर उच्च छ ।  नेपालमा कुष्ठ रोगका २ हजार ५ सय २२ नयाँ रोगी थपिएका छन् भने, उपचार गराइ रहेका बिरामी को संख्या २ हजार ५ सय १० छ । तराइ का १४ जिल्लामा अझै कुष्ठ रोग निवारण दर भन्दा बढी देखि राखिएको छ । देश भरी करिब २ लाख जना कुष्ठ रोग प्रभावित छन् ।

तराइका १४ जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा १ भन्दा धेरै कुष्ठ रोगका बिरामी रहेका छन् । इडिसिडीका निर्देशक डा. मरासिनिले तराइको केही जिल्लामा कुष्ठ रोगको समस्या बढी देखिनु चिन्ताको कुरा रहेको बताए । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ