समय सापेक्ष लागूऔषध सम्बन्धी कानुन परिमार्जन गर्न आवश्यक


काठमाडौं । लागूऔषध प्रयोगकर्ता सम्बन्धी बिभिन्न संघ सङ्गठनले समय सापेक्ष लागूऔषधको नीति नियम परिमार्जन गर्न आवश्यक भएको बताएका छन् । मंगलबार स्पर्श नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा  सहभागी बिभिन्न नेटवर्कले लागूऔषध सम्बन्धी बिल समय अनुसार परिमार्जन हुन नसकेको गुनासो गरेका छन् ।

लागूऔषध सम्बन्धी नीति नियम परिमार्जन नहुदाँ प्रयोगकर्तामाथि अपराधीलाई जस्तो व्यवहार हुने गरेको सहभागीहरूले आरोप लगाएका छन् । दुई दिनसम्म चल्ने कार्यक्रममा सातै प्रदेशका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको छ ।

स्पर्श नेपालका प्रबन्ध निर्देशक उज्जल कर्माचार्यले लागूऔषध सम्बन्धी नीति नियम परिमार्जन गर्ने कुरा पटक पटक उठेको भएपनि काम नभएको भन्दै अब कसरी अगाडि बढ्ने भनेर छलफल गर्न कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रमले देशभरका नेटवर्कमा आवद्ध साथिहरुको क्षमता अभिवृद्धि गराउँने उदेश्य समेत लिएको कर्माचार्यले बताए ।

कार्यक्रममा एचआइभी नेटवर्क, लागूऔषधका क्षेत्रबाट र ब्लु डाइमन सोसाइटीबाट प्रतिनिधिहरूले सहभागिता जनाएका थिए । सहभागीहरूले विगतमा जस्तो सिधा तरिकाबाट अगाडि बढ्नु घातक हुने भन्दै समय परिवेश अनुसार नेटवर्क चल्नुपर्ने सुझाव दिएका छन् ।

लागूऔषध प्रयोगकर्ताको हितमा भन्दा पनि व्यक्तिगत स्वार्थमा कुरा उठ्ने काम नहुने गर्दा प्रयोगकर्तामा निराशा उब्जिन थालेको छ । कर्माचार्य भन्छन्, लागूऔषध दुर्व्यसनीलाई जेलमा राखेर सजाय दिने भन्दा पनि उनीहरूको उपचारमा राज्यले ध्यान दिनुपर्ने बताए । नेटवर्कले द्रुत टिम बनाएर काम अगाडि बढाउने भएको छ ।

ब्लु डाइमन सोसाइटीका सुदीप गौतमले अहिले पनि पहिचान र लिंग अनुसारको नागरिकता बनाउन धेरै चुनौती रहेको बताए । पहिचान अनुसारको नागरिकता बनाउने भन्दै धेरै साथीहरू सम्पर्कमा आउँन थालेको उनले सुनाए । जनप्रतिनिधिले समेत नबुझेका कारण ट्रान्स जेन्डरले नागरिकता बनाउँन धेरै चुनौती भएको गौतमले बताए । आमाको समस्या देखाएर सम्बन्धित अधिकारीहरू तर्किने गरेको देखिएको छ ।

देशमा चार वटा संविधान आयो, राजनीतिले कोल्टे फेर्यो तर, लागू औषधको मुद्दा जहाको त्यहीँ छ’,। लागूऔषध नियन्त्रण ऐन २०३३ लाई मस्यौदाको रुपमा छ ।  विगत ४ वर्षदेखि अगाडि बढाउन सरकारलाई घचघच्याउँदा समेत टेर पुछर लगाएको छैन । ‘लागूऔषध प्रयोग गर्नुलाई कानुनले अपराधी, मानसिक वा सामाजिक अनैतिकता जे भनेपनि कुनै व्यक्तिको एउटा समयमा आइपर्ने समस्या हो । नबुझेर केही समय फस्न सक्छन् तर, त्यसबाट बाहिर निस्केर सम्मानजनक जीवन जिउन सक्छन्,’ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ