स्वास्थ्य सेवा तर्फ ११ जना एघारौं तहमा बढुवाका लागि सिफारिस


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले स्वास्थ्य सेवा तर्फका ९ जना  चिकित्सक र २ जना नर्सिङ अधिकृत एघारौं तहमा बढुवाका लागी सिफारिस गरेको छ।
समितिको फगुण १ गते बसेको बैठकले लोक सेवा आयोगको प्रक्रिया अनुसार सिफारिस गरेको हो।

सुचनामा भनिएको छ ‘लोक सेवा आयोगको मिति २०६०/०६/२५ को सूचना नं. ३७१ / ०८०-८१ अनुसार तपसिलका बढुवा सूचना नं.मा उल्लेखित नेपाल स्वास्थ्य सेवातर्फका देहायका सेवा, समूह, उपसमूहको अधिकृत एघारौं तहको पदमा बढुवा समितिको विभिन्न मिति सहित मिति २०८०।११।०१ मा बसेका बढुवा समितिको बैठकका निर्णय अनुसार निम्न बमोजिमको योग्यताक्रमका उम्मेदवारहरुलाई कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय भएकोले नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ७६ र ७७ को प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ।’

समितिले प्रमुख कन्सल्टेण्टहरुसो सेवा समुह अन्तर्गत ग्यास्ट्रो इन्टेरोलोजिकलमा सर्जरीमा डा. जैनेन्द्र कुमार चौधरी, न्यूरो सर्जरीमा डा. निलम कुमार खड्का, अर्थोपेडिक सर्जनमा डा. ओम प्रसाद अर्याल, रेडियोलोजीमा रेडियो डाइग्नोसिसमा डा. विश्वनाथ शर्मा तथा ओटोरिनोल्यारिङ्गोलोजीमा डा. दिपेन्द्र गौतम र डा. शैलेन्द्र वि.क. पोखरेललाई सिफारिस गरेको छ।

त्यसैगरी ई.एन.टी. सर्जनमा, एनेस्थेसियोलोजीमा डा. शुभाष रेग्मी, अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजिमा डा. राम नरेश पंडित डा. विनोद सिंह तथा जनरल नर्सिङमा सरिता कार्की र मन्जु यादव बढुवाका लागि सिफारिस भाएका छन्।

समितिले  डेन्टिष्ट्री समूह / जनरल डेन्टल उपसमूह तर्फ माग पद १ (एक) का लागि दुईजना उम्मेदवारको दरखास्त पेश भएकोमा निजहरुले पेश गरेको शैक्षिक योग्यता स्वास्थ्य सेवा नियमावली २०५५ अनुसूची ७ बमोजिम हासिल गरेको नदेखिएकोले सिपारिस नगरेको जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ