काठमाडौं महानगरभित्र यसरी निःशुल्क स्वास्थ्य उपचार गराउन सकिन्छ


काठमाडौं ।  काठमाडौं महानगरपालिकाले लक्षित वर्गलाई १० प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ को ७० (घ) र काठमाडौं महानगरपालिका जनस्वास्थ्य ऐन २०८० बमोजिम काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण अस्पतालहरुको कुल शय्याको १० प्रतिशत लक्षित वर्गलाई निःशुल्क उपलब्ध गराउने प्रक्रिया थालेको हो ।

“काठमाडौं महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउनु पर्ने सम्बन्धी कार्यविधि, २०८०” स्वीकृत भई महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा साझेदारी अस्पताललाई २०८० फागुन १ गतेदेखि उक्त व्यवस्था कार्यान्वयन गर्न महानगरले पत्रचार गरिसकेको छ । अस्पतालको निःशुल्क शय्याको बारेमा वेबसाइटमार्फत जानकारी लिन सकिने व्यवस्था प्रबन्ध पनि महानगरले मिलाएको छ ।

यसरी लिन सकिन्छ महानगरभित्र निःशुल्क उपचार

 

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ