टेरामक्सभन्दा पहिला मेलम्चीमा पस्यो अख्तियार, तत्कालीन ३ सचिवसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको गृह जिल्ला सिन्धुपाल्चोकमा सञ्चालित मेलम्ची खानेपानी आयोजनामा अख्तियार पसेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको अभियोगमा तत्कालीन ३ खानेपानी सचिवसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

टेरामक्स घोटालामा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको भन्दा उनको गृह जिल्लामा सञ्चालित मेलम्ची खानेपानी आयोजनामा पहिला भ्रष्टाचार मुुुद्दा दायर भएको हो । स्वास्थ्यमन्त्री जोडिएको टेरामक्स प्रविधि घोटालाको छानबिन लाई अन्तिम चरणमा पुऱ्याएको अख्तियारले मेलम्चीमा ‘फायर’ खोलेको छ ।

अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. संजय शर्मा, भिमप्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा अख्तियारले आरोप-पत्र दायर गरेको हो ।  पूर्वसचिव शर्मा नेसनल पेमेन्ट गेटवे सिस्टम खरिद घोटलामा अहिले पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

अख्तियारले परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर समेत सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ । उक्त भ्रष्टाचार मुद्दामा अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ समेत परेका छन् । यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित ३ जना विदेशीलाई समेत प्रतिवादी बनाइएको छ ।

अख्तियारले मेलम्ची खानेपानी आयोजनाको निर्माण व्यवसायी CMC di Ravenna लाई रनिङ्ग बिल IPC 34 मा काम नै नगरी भुक्तानी गरेको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेशिन तथा अन्य सामग्री निर्माण व्यवसायी CMC di Ravena ले प्रयोग गरेबापतको Rental Charge समेत कट्टा नगरी भुक्तानी गरेको, पछिल्लो विलबाट समायोजन गर्ने भनिएको बढी भुक्तानी रकम पछाडिका विलमा समेत समायोजन नगरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ