नेपालकै ठुलाे ओम मेगाश्री फर्मास्युटिकल्सका औषधि बजारमा


काठमाडौं । नेपालकाे ठुलाे र सुबिधायुक्त फर्मास्युटिकल्सले आफ्नाे उत्पादन सुरु भएको छ । साेमबार एक भब्य कार्यक्रमका बिच ओम मेगाश्री फर्मास्युटिकल्सकाे औपचारीक शुभारम्ब गरिएको हाे ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गरेका हुन् । “स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प” भन्ने नारा सहित नेपाली उपभोक्ताका लागि यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।

नेपालमा हाल उत्पादनमा रहेका औषधि गुणस्तरहीन भएर धमाधम बजारबाट फिर्ता भइरहेको समयमा ओम मेगाश्रीले यूरोपियन मापदण्डका औषधि उत्पादन थालेकाे हाे । माफियाहरुकाे जालाेलाइ चिरेर जनतालाई कतिकाे गुणस्तरीय दबाइ खुवाउन सक्छ त्याे भने मेगाश्रीकाे परिक्षणकाे विषय बनेकाे छ ।

‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले अपनाएका प्रविधि र नवीनताहरुले औषधि उपभोक्ताका मागहरु पूरा गर्न सक्षम हुने विश्वास लिएको छु,’ श्रेष्ठले भने ।

औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै सभामुख देवराज घिमिरेले नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गरे । ‘धेरै क्षेत्रमा शतप्रतिशत आयातमा भर पर्नुपर्ने अवस्थाका बीच पनि कुल मागको झण्डै ५० प्रतिशत स्वदेशी उद्योगको उत्पादनले धानिरहेको अवस्था छ ।

पूर्व स्वास्थ्य मन्त्री पदम गिरी र गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङले स्वदेशी औषधिलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था नै लगानीमैत्री हुनुपर्नेमा जोड दिए । उनीहरुले औषधिमा भएको लगानी खेर जान नदिन आयातमा भएको खुलापनमा पुनर्विचार गर्नुपर्ने बताए ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताउँदै शुभकामना व्यक्त गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ