बुढानिलकण्ठ नगर अस्पतालको निर्देशकमा ३ जनाको कडा टक्कर


काठमाडौं । बुढानिलकण्ठ नगर अस्पतालको निर्देशकका लागि तीन जनाको प्रतिस्पर्धा भएको छ । एक जना नगर अस्पताल निर्देशकका लागि तीन जनाबीच कडा टक्कर परेको हो ।

बुढानिलकण्ठ नगरपालिकाले करार सेवामा निर्देशक नियुक्त गर्न सूचना प्रकाशित गर्दा तीन जना अन्तवार्ताका लागि प्रारम्भिक छनौट भएका छन् ।  अधिकृतस्तर नवौं तहको अस्पताल निर्देशकका लागि काठमाडौं महमहानगरपालिका वडा नम्बर ३० डिल्लीबजारका योगेश बज्रचार्य, बलबा-८ महोत्तरीका सुधाँशु झा र साँफेबगर-१ अछामकी अनस्मृति पाल प्रारम्भिक छनौटमा परेका हुन् ।

गत माघ १२ गते प्रकाशित सूचनामा अस्पताल निर्देशक आवेदकहरूमध्ये “बुढानिलकण्ठ नगरपालिकाको करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि” २०७५ तथा “बुढानिलकण्ठ नगरपालिका नगर अस्पताल सञ्चालन कार्यविधि, २०८०” बमोजिम प्रारम्भिक योग्यताक्रमको सूचीमा तीन जना उम्मेदवार बज्राचार्य, झा र पालको नाम प्रकाशित भएको हो । उनीहरुलाई अन्तर्वार्ताका लागि १६ गते बुधबार साढे ८ बजे बुढानिलकण्ठ नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हात्तीगौँडा काठमाडौंमा बोलाइएको छ ।

बज्राचार्य, झा र पालमध्ये एक जना बुढानिलकण्ठ नगर अस्पतालको निर्देशक हुनेछन् । बुधबारको अन्तर्वार्तापछि नगर अस्पतालको नयाँ निर्देशन को बन्ने भन्ने कुरा टुंगो लाग्ने छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अनस्मृति पाल, #अस्पताल निर्देशक, #बुढानिलकण्ठ नगर अस्पताल, #बुढानिलकण्ठ नगरपालिका, #योगेश बज्रचार्य, #सुधाँशु झा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ